रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सप्तरी–४ मा रास्वपाका सिताराम साह अगाडि, कांग्रेसका तेजुलाल पछ्याउँदै

[sharethis-inline-buttons]

२२ फागुन, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सिताराम साह अग्रस्थानमा रहेका छन् ।

खडक नगरपालिका कार्यालयमा भइरहेको मतगणनाअनुसार साहले हालसम्म १ हजार ६८५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार तेजुलाल चौधरी ले ४६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी का उम्मेदवार डा. बबी सिंह यादव ले ३८९ मत, नेकपा एमाले का उम्मेदवार गंगाप्रसाद चौधरी ले १०६ मत तथा नेपाली कम्युनिस्ट पार्टी की रुवी कर्ण ले ४२ मत प्राप्त गरेका छन् ।

हालसम्म खडक नगरपालिका–१ र २ का २ हजार ९३२ मत गणना सम्पन्न भएको छ भने १५१ मत बदर भएको जनाइएको छ । मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर