२२ फागुन, काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा रंगेली–९ निवासी ५० वर्षीय दुर्गा रेग्मी रहेका छन् ।
प्रहरीका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा बिहान करिब ११:४५ बजे उनी एक्कासी बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
रेग्मी मोरङ निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवार कृष्ण कार्की का प्रतिनिधि रहेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया




