२२ फागुन, सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चासोको केन्द्र बनेको सर्लाही क्षेत्र नम्बर–४ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह ले अग्रता कायम गरेका छन् ।
सार्वजनिक प्रारम्भिक परिणामअनुसार सिंहले १ हजार २३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले ७६८ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै जनमत पार्टी का राकेश मिश्रा ले २५० मत, नेकपा एमाले का अमनिश कुमार यादव ले १९९ मत, नेकपा का डा. रजनिश राय ले १८ मत प्राप्त गरेका छन् । जसपा का रामेश्वर राय यादव ले २ मत पाएका छन् ।
बिहान १० बजेदेखि सुरु भएको मतगणना अन्तर्गत पहिलो पटक औपचारिक रूपमा प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको हो । मतगणना गोडैता नगरपालिका स्थित श्री वेणी भोला नमूना माध्यमिक विद्यालय मा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।




