२२ फागुन, धनुषा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना सुरु भएको छ ।
प्राप्त जानकारीअनुसार औरही गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । मतगणना सुरु भएसँगै बाहिर स्थानीय बासिन्दा तथा दलका कार्यकर्ताहरू परिणाम सुन्न उत्सुकताका साथ प्रतीक्षामा बसेका छन् ।
मतगणनास्थल बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने प्रारम्भिक परिणाम केहीबेरमै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया




