रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको फराकिलो अग्रता

[sharethis-inline-buttons]

मधेश प्रदेशको सर्लाही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले उल्लेख्य अग्रता बनाएका छन्। हालसम्मको मतपरिणाम अनुसार सिंहले ६ हजार २६४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गगन कुमार थापाले ३ हजार ६७१ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनिश कुमार यादवले ८९४ मत ल्याएका छन्।
यसैगरी जनमत पार्टीका राकेश कुमार मिश्रले ३८२ मत, नेपाल कम्युनिष्ट पार्टीका रजनिस रायले ३७७ मत प्राप्त गरेका छन्। बहुजन एकता पार्टी नेपालका हरिनन्दन कुमार रंजनले ८१ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सचित्र सहनीले ७१ मत ल्याएका छन्।
त्यस्तै उज्यालो नेपाल पार्टीका पीताम्वर सिंह कुशवाहाले ५१ मत प्राप्त गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका रामचरित्र सहनीको मत विवरण भने अझै अद्यावधिक हुन बाँकी रहेको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर