धनुषा — धनुषाधाम नगरपालिका–९ भिमामस्थित कृयटिभ इङ्लिस बोर्डिङ स्कुल (+२) ले आज भव्य रूपमा ‘प्यारेन्स डे’ कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रधानाध्यापक स्वर्णिम लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरज कुमार लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा धनुषाधाम उद्योग वाणिज्य संघका संयोजक एवं पत्रकार मुकेश कुमार ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै रेडियो धनुष ९९.७ मेगाहर्जका पत्रकार नागेन्द्र महरा, विद्यालयका संस्थापक जीवन राना, अभिभावक सुरेश साह, ईलाका प्रहरी कार्यालय यज्ञभूमिका प्रमुख लगायत शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो तथा खादा ओढाएर स्वागत गरिएको थियो। साथै अभिभावकहरूलाई सहभागी गराई विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘प्यारेन्स डे’ कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रदर्शनसहित विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो।
धनुषाधाममा कृयटिभ इङ्लिस बोर्डिङ स्कुलको ‘प्यारेन्स डे’ सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




