रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुष जनता प्राविधिक तथा व्यावसायिक माविका विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि बिदाइ

[sharethis-inline-buttons]

मुकेश कुमार ठाकुर ।धनुषा, धनुषाधाम – धनुष जनता प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालय, प्राविधिक धार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक भ्रमणका लागि विशेष बिदाइ कार्यक्रमको आयोजना गरिएको छ।

बिदाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादव, प्राविधिक प्रमुख इन्जिनियर बिशाल यादव र सन्जिप सिंहको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई शुभकामना दिँदै, उनीहरूको अध्ययन र अनुभवलाई थप प्रायोगिक र ज्ञानमूलक बनाउन शैक्षिक भ्रमण महत्त्वपूर्ण हुने कुरा वक्ताहरूले व्यक्त गरे।

विद्यार्थीसँगै भ्रमणमा इन्जिनियर दयानिधिनि यादव र शिक्षिका पवि साहले नेतृत्व गर्नेछन्। भ्रमण टोलीले धनुषाधामको प्रसिद्ध धनुष मन्दिरबाट सुरु गरी लुम्बिनी, कालोम्याग्दी हाइड्रोपावर र पोखरालगायतका स्थानहरूको अवलोकन गर्नेछ।

यस प्रकारका शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्राप्त गराउनुका साथै ऐतिहासिक, धार्मिक र वैज्ञानिक स्थलहरूको महत्त्वबारे जानकारी दिन सहयोग पुग्ने विद्यालयका प्राविधिक प्रमुख इन्जिनियर बिशाल यादवले बताए।

विद्यार्थीहरूले भ्रमणबाट नयाँ अनुभव र प्रेरणा लिन सक्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर