नागेन्द्र महरा,धनुष टिभी ।
धनुषा र महोत्तरी जिल्ला जोड्ने रातो पुलमा बम विस्फोट भएको छ। पुल क्षेत्रमा शंकास्पद वस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले प्रारम्भिक रूपमा घटनाबारे विस्तृत जानकारी नआएको बताए पनि पुल क्षेत्रमा विस्फोट भएको पुष्टि गरेका छन्।
घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाँकी शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको जनाएको छ।
विस्फोटपछि केही समय आवागमन प्रभावित भएको थियो भने अहिले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। बम कसले र किन राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया






