रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला नगरपालिकामा मेयरका लागि रामकुमार महतोको चर्चा

धनुष टिभी ,जनकपुरधाम । मधेस प्रदेश कमिटी सदस्य एवं नगर इन्चार्ज रामकुमार महतोलाई मिथिला नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउन स्थानीय जनताले अपेक्षा व्यक्त गर्न थालेका छन्। नेकपा (एमाले) बाट महतोलाई आगामी स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने विषयमा स्थानीयस्तरमा चर्चा हुन थालेको हो।

पार्टीमा मधेस प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्जको जिम्मेवारीमा रहेका महतोसँग स्थानीय जनताले नगरको विकास, सुशासन, पारदर्शिता र जनताको समस्याको समाधान गर्ने अपेक्षा राखेको बताइएको छ।

मिथिला नगरपालिकाको समग्र विकासलाई प्रभावकारी बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधार निर्माणका क्षेत्रमा सुधार ल्याउने र जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने नेतृत्वको आवश्यकता रहेको स्थानीयको धारणा छ।

नेकपा (एमाले) बाट मेयर पदका सम्भावित उम्मेदवारका रूपमा रामकुमार महतोको नाम चर्चामा आउनुले नगरको आगामी राजनीतिक समीकरणबारे पनि चासो बढाएको छ। यद्यपि, पार्टीले उनलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गरेको विषय भने पुष्टि हुन बाँकी छ।

स्थानीय जनताको अपेक्षा र पार्टीको निर्णयले आगामी दिनमा मिथिला नगरपालिकाको राजनीतिक दिशालाई कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर