रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा

जनकपुरधाम, २०८३ असोज ३० गते। नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले २०८३ असोज ३० गते प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर