काठमाडौं । विवादास्पद अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार आलोचनामा परेका छन्। उक्त प्रकरणलाई लिएर पार्टीले सुनारसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलाप्रति सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो।
सार्वजनिक अडियोमा प्रयोग भएको भनिएको भाषा र अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि पार्टीले घटनाबारे सांसद सुनारको धारणा मागेको छ। निर्धारित समयभित्र प्राप्त हुने स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय लिन सक्नेछ।
यस प्रकरणमा सांसद सुनारको स्पष्टीकरण तथा पार्टीको थप निर्णयबारे भने प्रतीक्षा रहेको छ।
तपाईको प्रतिक्रिया






