रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाको मखनाहामा बसको ठक्करबाट तीन जना घाइते, दुईको अवस्था गम्भीर

प्रहरीका अनुसार, २०८३ कात्तिक १ गते साँझ करिब ६:१० बजे सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ९०३१ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय मोटरसाइकल चालक धिरज मण्डल र उनका १५/१६ वर्षीय भाइ निरज मण्डल गम्भीर घाइते भएका छन्। धिरजलाई प्रादेशिक अस्पताल जनकपुर तथा निरजलाई आदि योगी ट्रमा सेन्टर जनकपुरमा उपचारका लागि पठाइएको छ।
त्यस्तै, मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल मध्यम घाइते भएका छन्। उनलाई पनि उपचारका लागि आदि योगी ट्रमा सेन्टर जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरी निरीक्षक मन्दिप चौहानको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र चालक धनुषाधाम नगरपालिका–२ निवासी २२ वर्षीय नागेन्द्र महरालाई इलाका प्रहरी कार्यालय धनुषाधामको नियन्त्रणमा राखेको छ। मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप विवरण तथा घाइतेहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर