रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिस वेलनेस वर्ल्ड विजेता सानवि मण्डल जन्मथलो भोइलमा, गाउँलेले गरे भव्य स्वागत

धनुषा । ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता सानवि मण्डल आफ्नो जन्मथलो धनुषाको भोइल पुग्दा भव्य स्वागत गरिएको छ।
जनकपुरधाम–१८, भोइल निवासी तथा हाल भक्तपुरमा बस्दै आएकी मण्डलले थाइल्यान्डको बैंककमा २७ सेप्टेम्बरमा सम्पन्न प्रतियोगितामा २५ भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। उनी यो अन्तर्राष्ट्रिय उपाधि जित्ने पहिलो नेपाली बनेकी छन्।
मण्डलले प्रतियोगितामा मिथिला संस्कृतिको पहिचान झल्काउँदै झिझिया नृत्य प्रस्तुत गरेकी थिइन्। उनको सफलताप्रति मधेस प्रदेशका सभामुख रामआशिष यादवले बधाई दिएका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उँचो बनाएकी मण्डलको सफलताले भोइलदेखि समग्र मधेसमा खुसी छाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर