जनकपुरधाम, माघ ६ – जनकपुरधामस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा पुर्व गाविस अध्यक्ष पार्टी प्रवेश गरेको छ। कार्यक्रममा पुर्व बल्हा कठाल गाविसका अध्यक्ष देवेन्द्र यादवसहितका नेताहरूले पार्टीमा प्रवेश गरेका छन्।
उक्त कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री रामचन्द्र झा, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शत्रुधन महतो, प्रदेश मामिला सभापति रतनेश्वर गोइत यादवलगायतका नेताहरू उपस्थित थिए।
नेताहरूले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै समाजवादको मूल मन्त्रलाई बलियो बनाउन सबैलाई आह्वान गरे। कार्यक्रममा प्रवेश गरेका देवेन्द्र यादवले पार्टीको विचारधारा र नीतिले आफूलाई प्रभावित गरेको बताउँदै समाज परिवर्तनका लागि आफूले योगदान गर्ने प्रतिवद्धता जनाए।
तपाईको प्रतिक्रिया




