रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बर्दिबासमा एकल महिलाको सशक्तीकरणका लागि नेतृत्व विकास तालिम सुरु

[sharethis-inline-buttons]

माघ,९- महोत्तरीको बर्दिबासमा लक्ष्मिनिया गाउँपालिका र दलान नेपालको नेतृत्वमा, यूएसएआईडी सिभिल सोसाइटी मिडियाको आर्थिक सहयोग र द एशिया फाउन्डेसनको प्राविधिक सहयोग तथा लक्ष्मिनिया गाउँपालिकाको समन्वयमा “एकल महिलाका सामाजिक अधिकारका लागि समावेशी शासन” परियोजना सञ्चालनमा आएको छ।

यस परियोजनाको मुख्य उद्देश्य एकल महिलाहरूलाई उनीहरूको सामाजिक अधिकारका विषयमा सचेत बनाउनु, उनीहरूको क्षमता अभिवृद्धि गर्दै निर्णय प्रक्रियामा समावेश गराउनु र समुदायमा सकारात्मक परिवर्तन ल्याउनु हो।

परियोजनाअन्तर्गत, प्रत्येक वडामा पाँचजना टोली नेतृहरू चयन गरिएको छ, जसले अन्य एकल महिलाहरूलाई सहयोग पुर्‍याउनेछन्। प्रारम्भिक चरणमा, एकल महिलाहरूलाई आधारभूत क्षमता विकास तालिम दिइँदै आएको छ। यसै क्रममा, आजदेखि तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ।
दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरका अनुसार, तालिमका सहभागीहरूलाई प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइनेछ। तालिममा लक्ष्मिनिया गाउँपालिकाका सातै वडाका पाँच-पाँचजना टोली अगुवाहरू सहभागी छन्।
यो तालिमपछि प्रशिक्षित टोली अगुवाहरूले आफ्ना वडामा गएर अन्य एकल महिलाहरूलाई सशक्त बनाउन सक्रिय भूमिका खेल्नेछन्। तालिमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै समाजमा विद्यमान सामाजिक कुरीतिहरू हटाउन योगदान दिने लक्ष्य राखेको छ।
दलान नेपालले यसअघि पनि ज्येष्ठ नागरिक र एकल महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। निर्देशक ठाकुरले, “यो परियोजना महिला सशक्तीकरणको दिशामा थप प्रभावकारी कदम हो,” भनेर बताए।
यो तालिम एकल महिलाहरूको जीवनमा नयाँ आत्मविश्वास, अधिकारप्रतिको सचेतना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण साबित हुने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर