धनुषा,माघ १०। जनकपुरधाम र आसपासका क्षेत्रमा चिसोको तीव्र वृद्धि भएपछि जनजीवन अत्यधिक प्रभावित भएको छ। स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, र कर्मचारीहरूले दैनिक जीवनयापनमा ठूलो कठिनाइ भोगिरहेका बेला, राजर्षी जनक विश्वविद्यालयका स्ववियु सभापति पदका उम्मेदवार तथा विद्यार्थी जनमत संघका सभापति शशिकान्त मण्डलले देखाएको नेतृत्व र सहयोगी भावना उदाहरणीय बनेको छ।
मण्डलले चिसोबाट प्रभावित विद्यार्थी र शिक्षकहरूको समस्या बुझ्दै राहत पुर्याउने उद्देश्यले विशेष पहल गरेका छन्। यसै क्रममा, उनले विश्वविद्यालय क्याम्पसमा एक ट्रेलर दाउरा हस्तान्तरण गरेका छन्। दाउराको व्यवस्था चिसोबाट जोगिनका लागि विद्यार्थी, शिक्षक, कर्मचारी, र अन्य पदाधिकारीहरूले गर्न सक्नेछन्।
यस कार्यमा विद्यार्थी जनमत संघ धनुषा जिल्ला सभापति बिरेन्द्र यादवले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यादवको सहकार्य र मण्डलको नेतृत्वले चिसोबाट पिडितहरूलाई ठूलो राहत पुर्याउन सफल भएको छ।
स्थानीय स्तरमा यो कदमलाई अत्यन्त सकारात्मक रूपमा हेरिएको छ। विद्यार्थी, शिक्षक, र जनसमुदायले शशिकान्त मण्डलको सहयोगी भावना र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका छन्।




