रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनता समाजवादी पार्टीको दुई दिने कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

वीरगंज, पर्सास् जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समितिको दुई दिने कार्यक्रम आज भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको दोस्रो दिन केन्द्रीय अध्यक्ष अशोक कुमार राईको अध्यक्षतामा पर्साको पूजन होटलमा सम्पन्न बैठकमा पार्टीका विभिन्न राजनीतिक, संगठनात्मक र समसामयिक विषयहरूमा गहन छलफल भएको छ।

बैठकमा पार्टीको भावी रणनीति तय गर्नुका साथै मधेशका मुद्दाहरूमा विशेष ध्यान केन्द्रित गरिएको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टीको सुदृढीकरण, संगठन विस्तार र जनताका हक(अधिकारको सुनिश्चितताका लागि ठोस योजना अघि सार्न जोड दिए।

कार्यक्रममा सहभागी उल्लेखनीय नेताहरूमा केन्द्रीय अध्यक्ष अशोक कुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह(अध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्ष शुशीला श्रेष्ठ, रन्ध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, उप सचिव तथा माननीय मन्त्री प्रदीप यादव, कोषाध्यक्ष रञ्जु झा, र वीरगंजका प्रमुख राजेश मान सिंहलगायत थिए।

दुई दिनसम्म चलेको यो कार्यक्रमले पार्टीभित्रको एकता र संगठित कार्ययोजनालाई थप मजबुत बनाउँदै मधेशका मुद्दालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। कार्यक्रममा उपस्थित नेताहरूले जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर