रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नौसय विघा समाज सहयोग युवा समूहद्वारा अपांग नागरिकलाई ट्राईसाईकल सहयोग

[sharethis-inline-buttons]

धनुषा, माघ १६ – नौसय विघा समाज सहयोग युवा समूहले धनुषाधाम नगरपालिका वडा नं। ५ का ६५ वर्षीय रामपृत यादवलाई ट्राईसाईकल सहयोग गरेको छ। यादव विगत ५५ वर्षदेखि दुबै खुट्टाले अशक्त हुनुहुन्छ र हिँडडुल गर्न कठिनाइ भोग्दै आउनुभएको थियो।

रामपृत यादवले राम जानकी मन्दिरमा बिहान र बेलुकी आवतजावत गर्न गाह्रो भइरहेको बताउनुभएको थियो। उहाँको समस्यालाई ध्यानमा राख्दै समूहका चार जना सदस्यहरू मजिबुल नदाफ, मनोज कुमार यादव, सानो शर्मा र राम ईश्वर शर्माले समन्वय गरी ट्राईसाईकल सहयोग गरेका हुन्।

समूहका सदस्यहरूका अनुसार, सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय अपांग व्यक्तिहरूको जीवनयापन सहज बनाउने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो। ट्राईसाईकल पाएपछि रामपृत यादवले अत्यन्त खुसी व्यक्त गर्नुभएको छ र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर