जनकपुरधाम – धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले वडा नं.५ का वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका छन्।
नगरप्रमुख बेचन दास मंगलबारदेखि जिल्ला बाहिर भ्रमणमा रहने भएकाले उनको अनुपस्थितिमा दैनिक पालिका सञ्चालनको जिम्मेवारी गोईतलाई दिइएको हो। कार्यवाहक मेयरका रूपमा उनले नगरपालिकाका नियमित कामकारबाही सम्हाल्नेछन्।
नगरप्रमुख दास उपस्थिति नभएसम्म गोईतले नगरपालिकाको प्रशासनिक र विकास निर्माणसम्बन्धी कार्यको नेतृत्व लिनेछन्।
तपाईको प्रतिक्रिया




