रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला विहारी न.पा.७ मा जनयुद्ध दिवसमा सार्वजनिक बिदा

[sharethis-inline-buttons]

माघ ३०, मिथिला विहारी – जनयुद्ध दिवसको अवसरमा मिथिला विहारी नगरपालिका वडा नं। ७ मा फागुन १ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
वडा अध्यक्ष संजय शर्माका अनुसार वडा क्षेत्रभित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, बैंक, वित्तीय संस्था तथा अन्य संघसंस्था उक्त दिन बन्द रहनेछन्।
जनयुद्ध दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै वडा अध्यक्ष शर्माले वडावासीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले यो दिनलाई प्रेरणादायी रूपमा लिँदै सामाजिक समानता, न्याय र शान्तिको मार्गमा अघि बढ्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर