धनुषा, चैत्र २३ — मिथिला बिहारी नगरपालिका–८, कौचरीमा इ-रिक्सा चालकहरूको संगठन मिथिला बिहारी इ-रिक्सा संगठनको बैठक सम्पन्न भएको छ। अध्यक्ष जितेन्द्र कुमार पासमानको अध्यक्षतामा बसेको बैठकमा संगठनको भविष्यका योजना, चालकहरूको हकहित र समस्याहरूको समाधानबारे छलफल गरिएको थियो।
बैठकमा उपाध्यक्ष रामबाबु यादव, कोषाध्यक्ष जयनन्दन शह, सचिव अमरेश कुमार राउत, सह–सचिव इस्लाम शाफीसहित ३७ जनाको सहभागिता रहेको थियो। संगठनले चालकहरूको हक र सुरक्षाका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएको छ।
तपाईको प्रतिक्रिया




