रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा तालाबन्दी तोडिएको घटनापछि राजनीतिक बयानबाजी, एमाले नगर अध्यक्ष यादवद्वारा भर्सना

[sharethis-inline-buttons]

धनुषा, चैत २६ — धनुषाधाम नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा हिजो गरिएको तालाबन्दी तोडिएको घटनापछि स्थानीय राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ।

तालाबन्दी तोडिएको विषयमा माओवादी केन्द्रका मेयर प्रत्याशी दीपक यादवले दिएको अभिव्यक्तिप्रति नेकपा एमाले धनुषाधाम नगर अध्यक्ष योगकुमार यादवले आपत्ति जनाउँदै घटनाको भर्सना गरेका छन्। उनले आफ्नो पार्टीका कार्यकर्ता संलग्न भएको भनेर गरिएको प्रचारप्रति दुःख व्यक्त गर्दै भने, सरकारमा हुँदा चुप लाग्ने, बाहिर हुँदा विरोध गर्ने प्रवृत्ति ठीक होइन।

यादवले थपे, माग जायज हुन सक्छ, तर धर्मशालाबाट कार्यालय हटाउने विषयमा स्थानीय सरकारको तयारी नपुगेको अवस्थालाई समेत बुझ्नुपर्छ। प्रशासनिक भवनको पूर्वाधार नतयार हुँदा कार्यालय सार्न सकिँदैन।

एमाले नगर अध्यक्ष यादवले भवनको विषयमा मेयर बालेश्वर मण्डलको भनाइको समर्थन गर्दै सोही लाइमा समर्थन जनाएका हुन् ।
दोस्रोपटक तालाबन्दी र धर्नामा उत्रिएको माओवादी केन्द्र भने आफ्ना माग सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने अडानमा छ। तर ताल्चा तोडेर कार्यालय खोलिएको घटनाले अब परिस्थितिलाई झन् पेचिलो बनाएको देखिन्छ।

स्थानिय राजनीतिक माहोल तातिएको अवस्थामा वार्ता र सहमतिबाट निकास खोजिने कि स्थिति थप जटिल बन्दै जाने हो भन्ने चासो बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर