रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रामनारायण मिश्र स्मृति भवन निर्माणलाई सांसद मनिष झाको समर्थन, सहयोगको प्रतिबद्धता व्यक्त

[sharethis-inline-buttons]

 

जनकपुरधाम, गंगासागरको पूर्वतर्फ निर्माण कार्य प्रारम्भ भएको “रामनारायण मिश्र स्मारक समितिद्वारा निर्माणाधीन रामनारायण मिश्र स्मृति भवन”लाई स्वागत र समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद एवम् मधेस प्रदेश इन्चार्ज मनिष झाले जनकपुरको नागरिक, अभियन्ता र पार्टीको प्रतिनिधिका रुपमा हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सांसद झाले उक्त भवन निर्माणले जनकपुरधामको ऐतिहासिक र सामाजिक महत्वलाई थप बल दिने विश्वास व्यक्त गरे। उनले भने, रामनारायण मिश्रजस्ता व्यक्तित्वको स्मृतिमा निर्माण भइरहेको यो भवन जनकपुरको लागि गौरवको विषय हो। यस निर्माण कार्यमा मेरो व्यक्तिगत, सामाजिक र राजनीतिक तर्फबाट आवश्यक सहयोग अवश्य हुनेछ।

रामनारायण मिश्र स्मारक समितिद्वारा अगाडि बढाइएको यो परियोजना जनकपुरको सामाजिक(सांस्कृतिक विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। सांसद झाको प्रतिबद्धताले उक्त कार्यलाई थप गति र सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर