रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट अमेरिकाको भनाइ

[sharethis-inline-buttons]

न्युयोर्क । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् । हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास गर्नु हो, तर हामी युद्धमा जाने छैनौँ। त्यो हाम्रो काम होइन,’ भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने। अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। उनले भने, ‘यो मुद्दालाई नियन्त्रण गर्ने अमेरिकाको क्षमतासँग कुनै सम्बन्ध छैन। हामी कूटनीतिक माध्यमबाट यस मुद्दामा हाम्रा प्रयासहरू जारी राख्नेछौँ।अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा हमला हुँदा जेडी भान्स आफ्नी श्रीमती र बच्चाहरूसँग भारत भ्रमणमा थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर