धनुषा जिल्लाको हंसपुर नगरपालिका–१ भगवानपट्टीका जनप्रतिनिधिहरूको सक्रियतामा वडाको विकासको मुहार फेरिँदै गएको छ। जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष रामदेव कापरको नेतृत्वमा जनताको चाहना अनुसार विभिन्न विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएका छन्।
वडामा सडक निर्माण, ननाला व्यवस्थापन, विद्यालय भवन निर्माण तथा मर्मत, स्वास्थ्य चौकीको निर्माण, वडा कार्यालय व्यवस्थापन लगायतका कामहरू तीव्र रूपमा अगाडि बढाइएको छ। साथै, गल्लीहरूमा ढलान गरिएको छ भने विभिन्न धार्मिक स्थलहरू जस्तै कुट्टी तथा मन्दिरहरूको निर्माण र संरक्षण कार्यसमेत सम्पन्न भएका छन्।
सामाजिक सांस्कृतिक पहिचानलाई जगेर्ना गर्न मेला महोत्सवको आयोजना गरी स्थानीय समुदायलाई जोड्ने प्रयास गरिएको छ। जनताको जनगुनासोलाई प्राथमिकतामा राखी समयमै समाधान गर्नु अध्यक्ष कापरको प्रमुख विशेषता रहेको स्थानियवासी बताउँछन्।
स्थानीय तहको सक्रियता र पारदर्शी नेतृत्वको परिणामस्वरूप भगवानपट्टी अब विकास र समृद्धिको यात्रामा अग्रसर हुँदैछ।




