धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–५, नौसय विघा उत्तरवारी टोलकी स्व. मकेश्वर साहकी परिवारलाई हेल्प मधेशी साउदी अरेबियाले आर्थिक र सामाजिक सहयोग प्रदान गरेको छ। साहको दुई वर्षअघि दुःखद निधन भएपछि परिवार गम्भीर आर्थिक र मानसिक संकटमा परेको थियो।
पति गुमाएपछि मानसिक रुपमा अस्थिर भएकी पीडित महिलाले जीविकोपार्जनमा अत्यन्त कठिनाइ भोगिरहेकी थिइन्। यस अवस्थामा पीडित परिवारको अवस्था थाहा पाएपछि हेल्प मधेशी साउदी अरेबियाले सहयोगका लागि हात अगाडि बढाएको हो।
सहयोग स्वरूप ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री, ५ हजार रुपैयाँको लत्ता–कपडा र १० हजार रुपैयाँ मूल्य बराबरका ३ वटा बाख्रा प्रदान गरिएको छ।
सहयोगमा संलग्न सम्पूर्ण सहयोगदाताहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।
हेल्प मधेशी साउदी अरेबियाले भविष्यमा पनि समाजका दुःखी, गरिब, बिरामी तथा पीडितहरूलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनका अनुसार, “सेवा र सहयोग नै मानव धर्म हो।”




