रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मनहर्वा उत्तर चौरीमा पावर ड्रिल सिचाइँ प्रणालीको शिलान्यास सम्पन्न

[sharethis-inline-buttons]

 

मिर्चैया, जेठ १८ – स्थानीय किसानहरूको माग अनुसार मिर्चैया नगरपालिका वडा नं. १ र २ को बीचमा रहेको मनहर्वा उत्तर चौरीमा पावर ड्रिल सिचाइँ प्रणाली अन्तर्गत ६ इन्चको बोरिङको शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रम मधेश प्रदेश सभा सदस्य भाग्यश्री चौधरी र वडा नं. १ का अध्यक्ष रूपेश साहको संयुक्त सहभागितामा सम्पन्न भयो। कार्यक्रममा जनमत पार्टीका नगर अध्यक्ष अंजय साह, केन्द्रीय सदस्य जागेश्वर साह, वडा नं.२ का अध्यक्ष बिमलेश साह लगायत स्थानीय नेता, किसान, बुद्धिजीवी, राजनीतिकर्मी र समाजसेवीको उपस्थिति रहेको थियो।

यस सिचाइँ योजनाबाट मनहर्वा क्षेत्रका सयौं किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। सिचाइँको सुविधा उपलब्ध भएसँगै कृषि उत्पादनमा बृद्धि र क्षेत्रीय कृषि आत्मनिर्भरता सुदृढ हुने स्थानीयको विश्वास छ।

प्रदेशसभा सदस्य चौधरीले भनिन्, “कृषिमा आत्मनिर्भरता हासिल गर्न सिचाइँ पूर्वाधार अपरिहार्य छ। यो शिलान्यास किसानको संघर्ष र अधिकारप्रतिको हाम्रो प्रतिबद्धताको प्रतिविम्ब हो।” वडा अध्यक्ष साहले बोरिङ स्थापनापछि नियमित सिचाइँ सेवा सञ्चालनमा ल्याइने जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर