रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकामा सर्वाधिक कर तिर्ने १० करदातालाई सम्मान

[sharethis-inline-buttons]

धनुषा , असार १७ — आर्थिक वर्ष २०८१र०८२ मा सर्वाधिक तथा नियमित रूपमा कर तिर्ने सबैला नगरपालिकाका १० जना करदाताहरूलाई आज एक विशेष कार्यक्रममार्फत प्रोत्साहनसहित सम्मान गरिएको छ।

नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कारीराम यादवले करदाताहरूलाई प्रशंसापत्र र सम्मान प्रदान गर्दै अगामी वर्षहरूमा पनि यस्ता संस्था तथा व्यक्तिहरूको कर सहभागिता तथा राजस्व संकलनमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे। साथै, उनले कर शिक्षाको आवश्यकता र करको महत्वमाथि प्रकाश पनि पारे।

कार्यक्रममा उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतो, सबैला उद्योग वाणिज्य संघका अध्यक्ष ब्रहमदेव यादव, स्थानीय व्यापारी, बैंक तथा वित्तीय संस्था प्रमुख, कर्मचारी तथा आमसञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समन्वय तथा जानकारी राजस्व शाखा प्रमुख सन्जिप राउतले गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर