रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश आन्दोलनका शहीद परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ

[sharethis-inline-buttons]

मधेश आन्दोलनका शहीद परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न चार सुत्रिय मांग सहित मधेश सरकारको मुख्यालयमा मधेश भवनको मुख्यद्वारा धर्ना दिइ रहेका मधेश आन्दोलनका शहीद परिवारका सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले आफुहरु संग विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पटक पटक आन्दोलन गर्दै आएका शहीद परिवारहरु पछिल्लो समयमा मधेशी शहीद प्रतिष्ठानमा अबिलम्ब सदस्यको नियुक्ति , शहीद परिवारहरुको स्वास्थ्य बिमा, एक परिवार एक रोजगार र शिक्षामा छात्रवृति सहितको मांग गर्दै मुख्यद्वारामा धर्ना दिएका थिए । व्यानर सहित धर्नामा बसेको शहीदपरिवारहरुलाई प्रहरीले नियन्त्रणमा लिएको शहीद परिवारका सदस्य सिम्पी साहले मधेशटुडेलाई जानकारी दिए । उनका अनुसार पाँच जनालाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएका छन । उनका अनुसार ६ जनालाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएका छन । पक्राउ पर्नेहरुमा अभदेश प्रसाद पटेल , उपेन्द्र ठाकुर, अरमान राइन, लक्ष्मण रजक , विजय राय र निरसिया देवी रहेका छन । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। मधेश सरकारका गृहमन्त्री राजकुमार लेखीले आफुहरु संग सम्झौता कार्यान्वयनमा आनाकानी गरि रहेको आरोप लगाउदै उनिहरु आन्दोलन गर्दै आएका छन । विगतका सरकारहरुले दिदै आएको सेवा सुविधामा समेत वर्तमान सरकारले कटौती गर्न थालेको उनिहरुले आरोप लगाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर