रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

टिकटक लाइभमा अभद्र गाली गलौज गर्ने युवती प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

जनकपुरधाम,
समाजिक सञ्जाल टिकटक लाइभमार्फत अभद्र गाली गलौज गर्दै अपशब्द प्रयोग गरेको आरोपमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–२४ निवासी २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरेको हो। प्रहरीले जनाएको छ कि खातुनले लाइभ मार्फत प्रयोग गरेका शब्दहरूले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा नकारात्मक असर पार्ने देखिएकाले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर