रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गनेशमान चारनाथ नगरका प्याब्सन सदस्यले शिक्षा शाखामा ज्ञापनपत्र

[sharethis-inline-buttons]

नागेन्द्र महरा।धनुषा, साउन २९ –
धनुषाको गनेशमान चारनाथ नगरपालिकाका निजी तथा आवासीय विद्यालय सङ्घ ९प्याब्सन० का पदाधिकारी र विद्यालय संस्थापकहरूले शिक्षा नीतिमा भएका केही बुँदा सच्याउन माग गर्दै नगर शिक्षा शाखा प्रमुख छोटी मुखिया र नगर प्रमुख जित नारायण यादवलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझाउने टोलीमा नगर अध्यक्ष सरोज कुमार यादव, नगर सचिव आकाश कुमार यादव, नगर कोषाध्यक्ष अधिकलाल शर्मा, जिल्ला सदस्य किशोरी महतो, प्रदेश सदस्य पुर्ण बहादुर लामा, सदस्यहरू सन्जिप गोहिबार, देबनाथ साह, गोबिन्द पोखरेल, रामकुमार यादव, मदन लामा, विजय साह लगायतका विद्यालय संस्थापकहरू सहभागी थिए।

उनीहरूले तत्काल सच्याउनुपर्ने बिषयहरूमा निम्न मागहरू राखेका छन् ।

१.निजी विद्यालयहरूलाई क्रमशः गैर–नाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाउन।
२. “पूर्ण छात्रवृत्ति” भन्ने शब्द खारेज गर्न।
३. हाल अभ्यासमा रहेका जम्मा विद्यार्थी संख्याको १०५ छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन।
४.छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम गर्न।
प्याब्सन नगर अध्यक्ष सरोज कुमार यादवले शिक्षामा गुणस्तर कायम राख्न र निजी विद्यालयको अस्तित्व सुरक्षित गर्न मागहरू तत्काल सम्बोधन गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर