जनकपुरधाम । पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले सचीव रघुवीर महासेठको पहल र योजनाअनुसार ढल्केवर–जनकपुरधाम सडक खण्डमा विद्युत बत्ती जडान कार्य सम्पन्न भएको छ । शुक्रबार सम्पन्न विशेष कार्यक्रममा पुर्व उपप्रधानमन्त्री महासेठले करकोमल हातबाट उक्त सडक खण्डको विद्युत् बत्तीको उद्घाटन गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, पुर्व तथा प्रतिनिधि सभा सदस्य जुली महतो, जनकपुरधाम क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, सडक डिभिजन प्रमुख लगायत स्थानीय जनप्रतिनिधि, अग्रज नेता तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति थियो ।
विद्युत बत्तीको सञ्चालनपछि ढल्केवरदेखि जनकपुरधामसम्मको सडक खण्ड उज्यालोमय बनेको छ, जसले यातायात सहज हुने र दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने छ ।




