रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा जसपा नेपालद्वारा मशाल जुलुस, सरकारविरुद्ध कडा आक्रोश

[sharethis-inline-buttons]

जनता समाजवादी पार्टी नेपाल धनुषाधाम नगर कमिटीको पहलमा शुक्रबार बेलुकी ७ बजे धनुषाधाममा मशाल जुलुस कार्यक्रम सम्पन्न भएको छ।

नगर अध्यक्ष विनोद यादवको पहल र प्रदेश सदस्य अम्बिका विश्वकर्माको नेतृत्वमा आयोजित कार्यक्रममा नगर अध्यक्ष अजय यादव मोहनको अध्यक्षता रहेको थियो।

कार्यक्रममा सहभागी वरिष्ठ नेता बेचन महतोले २०६३ साल चैत ७ गते गौरमा भएको नरसंहार तत्कालीन सरकार र माओवादी पार्टीको सुनियोजित षड्यन्त्र भएको दाबी गर्दै यसलाई आजसम्म ढाकछोप गर्ने प्रयास भएको आरोप लगाए। त्यस्तै, २०६२र६३ को आन्दोलनका बेला जसपाको कार्यक्रममा माओवादी निकट संगठनले पटक–पटक अवरोध गरेको स्मरण गराउँदै उनले हाल पनि त्यस्तै षड्यन्त्र दोहोरिएको बताए।

विशेष उपस्थिती नगर उपाध्यक्ष चन्द्रनरायण यादव, चन्द्रमोहन साह र समाजवादी युवा संघ धनुषा संयोजक मदन कुमार साहले सरकारप्रति आक्रोश व्यक्त गर्दै पूर्व सम्झौताहरू कार्यान्वयन नगरेको आरोप लगाए। संयोजक साहले “१७ हजार मानिस मार्ने माओवादी अध्यक्ष प्रचण्डलाई जेल हालिनुपर्ने” भन्दै २२ बुँदे सम्झौताको कार्यान्वयन माग गरे। उनले विभिन्न घोटाला प्रकरणहरूलाई सत्ता–बर्गेनिङमार्फत मिलाइएको आरोप लगाउँदै मधेशी भएकै कारण उपेन्द्र यादवलाई फसाउने प्रयास भइरहेको भन्दै कडा चेतावनी दिए।

प्रदेश सदस्य अम्बिका विश्वकर्माले २५० जना उपस्थित रहेको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै मधेशमाथि आक्रमण हुँदा जसपा नेपाल सधैं अग्रपंक्तिमा रहेर प्रतिकार गर्ने बताएका छन्। उनले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलाई “उपेन्द्र यादवलाई फसाउने ठूलो षड्यन्त्र” गरेको आरोप लगाउँदै धनुषाधामकै मञ्चबाट “तिमीहरूको सपना कहिल्यै पूरा नहुने” चुनौती दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर