रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारद्वारा विपन्न सादा परिवारलाई राहत सहयोग

[sharethis-inline-buttons]

भदौ ९ जनकपुरधाम । सिरहा मल्हनिया पिराडी सेवा समाज, दोहा कतारको पहलमा मिर्चैया नगरपालिका–२ स्थित मल्हनिया पोखरी नजिकै बसोबास गर्दै आएका ५४ वर्षीय विपतीया सादालाई राहत सामग्री वितरण गरिएको छ।सिरहा मल्हनिया पिराडी सेवा समाज दोहा कतारका अध्यक्ष पाण्डव ठाकुरको अगुवाइमा उपलब्ध गराइएको राहत सामग्रीमा १०० केजी चामल, १० केजी दाल, १५ केजी आलु, ७ लिटर खाने तेल, ५ केजी नुन, २ केजी मसौरा, २ केजी प्याज लगायत अत्यावश्यक खाद्यान्न समावेश छन्। विपतीया सादा एक अति विपन्न र पीडित अवस्थाका व्यक्ति हुन्। पाँच सन्तानका बाबु सादा लामो समयदेखि आर्थिक अभाव, स्वास्थ्य समस्या, र पारिवारिक जिम्मेवारीको बोझ बोकी जीवन यापन गर्दै आएका छन्। उनका एक मात्र छोरा ३५ वर्षीय अशोक सादा शारीरिक रूपमा अपांग छन्। दुई छोरीहरूको विवाह भइसकेको छ भने एक छोरीको विवाह अझै बाँकी छ। कान्छी छोरी भने अझै सानै उमेरकी छिन्। परिवारमा थप पीडाको पहाड त्यतिबेला खस्यो जब पाँच वर्षअघि उनकी श्रीमती ५० वर्षीया रामकुमारी सादा परालिसीस (लखवा) रोगबाट ग्रसित भइ पूर्ण रूपमा अशक्त भइन्। हाल उनी अर्धचेत अवस्थामा घरमै उपचार र हेरचाहमा आश्रित जीवन बिताइरहेकी छन्। दुई छाक टार्नै मुस्किल छ, औषधि ल्याउने कि बच्चालाई खुवाउने – दिनहुँको यही पीडा छ, सादाले पीडाबोध गर्दै बताए। राहत वितरण कार्यक्रम सादा परिवारको घरमै सानो समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा समाजका संस्थापक तथा पूर्व अध्यक्ष शिवशंकर कापर, पूर्व अध्यक्ष राजकुमार कापर, साथै सेवा समाज दोहा कतारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।सेवा समाजको भनाइ सेवा नै धर्म होू भन्ने मूल नाराका साथ, समाजले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरू प्रवासी नेपालीहरूको सहकार्यमा निरन्तर सञ्चालन गर्दै लैजाने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर