रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला–९ भठिहनमा उदाहरणीय कार्य प्रधानाध्यापक यादवद्वारा भोजन तथा शैक्षिक सामग्री वितरण

[sharethis-inline-buttons]

धनुषा । सबैला नगरपालिका–९ भठिहनस्थित श्री शेखर जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवले आफ्ना दिवंगत पिताको स्मृति दिवसको अवसरमा विद्यालयका विद्यार्थीलाई सामूहिक भोजन गराउनुका साथै शैक्षिक सामग्री वितरण गरेका छन्।

शिक्षण क्षेत्रमै सीमित नभई सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्ने उद्देश्यसहित गरिएको यस्तो कार्यले विद्यालय, विद्यार्थी र समुदायबीच आत्मीयता थप प्रगाढ बनाएको छ।

स्थानीयवासीहरूले विद्यालयप्रतिको समर्पण र सेवाभावसहितका यस्ता प्रधानाध्यापकहरू आजकल विरलै भेटिने प्रतिक्रिया दिएका छन्। विद्यार्थीहरूले पाएको भोजन र सामग्रीले उनीहरूमा खुशी र अध्ययनप्रतिको उत्साह बढाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर