जनकपुरधाम, भदौ १२ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाही जिल्लाका गणेश कुमार यादवलाई जिल्ला अध्यक्षमा नियुक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिहीबार एक पत्र जारी गर्दै यादवलाई अध्यक्ष पदमा मनोनयन गरिएको जानकारी दिएका हुन् ।
पत्रमा भनिएको छ, तपाईँलाई राष्ट्रिय मुक्ति पार्टी नेपालको सर्लाही जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
सर्लाहीका सक्रिय समाजसेवी तथा युवा नेता गणेश कुमार यादवलाई दिइएको यो जिम्मेवारीले पार्टीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । अध्यक्ष महतोले यादवको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया




