रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

संस्था हस्तान्तरण दिवसमा सम्मान तथा बढुवा कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

धनुषाधाम, २०८२ भदौ २० – संस्था हस्तान्तरण दिवसको उपलक्ष्यमा आज धनुषाधाम नगरपालिका–२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिले उत्कृष्ट कर्मचारी र सञ्चालक समिति सम्मान कार्यक्रम तथा कर्मचारी आन्तरिक बढुवा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष लक्ष्मी साह रहेका थिए भने संस्थाका अध्यक्ष प्रभु नारायण साह, सचिव, विभिन्न संस्थाका मुख्य प्रबन्धक, अध्यक्ष तथा कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।

आन्तरिक बढुवा पाउने कर्मचारीहरूमा राज कुमार साह ८ औं तह अधिकृत मुख्य प्रबन्धक,सुनिल कुमार साह ५ औं तह नायब सुब्बा,निराजन कुमार सिंह ५ औं तह नायब सुब्बा रहेका छन्।

त्यसैगरी आ।ब। ०८१र०८२ को कार्यसम्पादन मूल्यांकनका आधारमा निराजन कुमार सिंहलाई उत्कृष्ट कर्मचारी घोषित गरि सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर