रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जलेश्वर कारागारबाट मंगलबार साँझ ५७६ कैदीमध्ये एक बाहेक सबै भागेका थिए

[sharethis-inline-buttons]

जनकपुरधाम भदौ २७। बुधबार दिउँसो सवा १ बजेसम्म १९ जना भागेका कैदी स्वेच्छिक रुपमा कारागार फर्किएका छन्।कारागारले भागेका कैदीलाई २४ घण्टे अल्टिमेटम दिएको छ, नआए पक्राउ गरिने सूचना अधिकारी ठाकुरले बताए। २६ भदौ, जनकपुरधाम। जलेश्वर कारागारबाट भागेका कैदीबन्दी स्वस्फूर्त कारागार फर्किन थालेका छन् ।मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ मध्ये एक बाहेक सबै भागेका थिए । जस मध्ये आज दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रुपमा फर्किएको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए । भागेका कैदीलाई स्वेच्छिक रुपमा फर्किन २४ घण्टे अल्टिमेटमको सूचना बुधबार साँझ कारागारले गरेको थियो । नभए पक्राउ गरी ल्याउने चेतनावी समेत दिएको छ ।‘स्वेच्कि रुपमा अहिलेसम्म १९ जना फर्किएका छन् । आउने क्रम जारी छ । नआए अल्टिमेटम समय समाप्त भएपछि पक्राउ गरेर ल्याइने छ’ सूचना अधिकारी ठाकुरले भने ।ठूलो संख्यामा जघन्य अपराधदेखि समान्य अपराधसम्मका कैदीहरु भागेका छन् । धेरै कैदी भारत भागेर लुकेको हुन सक्ने आशंका समेत गरिएको छ । जेनजीको आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट रास्वपा सभापति रविलामिछानेसहित सबै कैदी बन्दी निस्किएको नजिरको आधारमा मधेश आन्दोलन २०७२ मा भएको सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणमा थुनामा रहेका ६ कैदीलाई छाड्न आन्दोलनकारीले जलेश्वर कारागार प्रशासनलाई दबाब दिएका थिए।भित्र कैदीहरु थाहा पाएपछि आन्दोलन गरेका थिए । वातावरण असहज र प्रहरीले समेत सुरक्षा दिन नसकेपछि एक बाहेक सबै कैदी भागेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर