रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जेनजीको प्रदर्शनमा गुम्यो युवराजको भरोसा मास्टर्स डिग्री सकिन लागेकाले परिवारले उनीमाथि भरोसा राखेको थियो

[sharethis-inline-buttons]

भदौ २७ जनकपुरधाम। काठमाडौंको मुलपानीमा बस्दै आएका उनी आन्दोलनकै लागि भनेर बिहानै घरबाट निस्किए । काठमाडौं एक्लै बस्दै आएका उनी आन्दोलनमा गए नगएको बारे कसैलाई केही पत्तो थिएन । उनले पनि गाउँमा रहेका आफ्ना बाबु युवराज र लक्ष्मी कसैलाई केही जानकारी गराएनन् । युवराजको लक्ष्मीका दुई छोरामध्ये जेठो हुन्, योगेन्द्र । जबकी जेनजी आन्दोलनको साँझ परिवारले छोराको खबर सुने त्यसपछि उनीहरू बेहोस जस्तै भए ।सोच्दै नसोको अकल्पनी खबरले बाबुआमा दुवै गाउँमै ढले । धेरैबेरसम्म होस् नै आएन,’ योगेन्द्रका काका उपेन्द्र त्यो क्षण सम्झन्छन्, ‘सुरुमा विश्वास नै लागेन । पछि बुझ्दै जाँदा सूचना सत्य रहेछ । जेनजी आन्दोलनका क्रममा उनलाई नयाँ बानेश्वर चोक नजिकै रहेको आकेश पुलमुनि गोली लागेको थियो । नयाँ बानेश्वर चोकबाट माइतीघरतर्फ बढ्दै गर्दा उनलाई टाउकाको पछाडितर्फको भागमा गोली लागेको थियो । गोली लागेर भुँईमा ढलेका उनको टाउको क्षति विक्षप्त थियो । रगतले शरीरदेखि भुइँसम्म निथ्रुक्क थियो । आन्दोलनकारीहरूले नै गम्भीर घाइते योगेन्द्रलाई बोकेर नजिकै रहेको एभरेष्ट अस्पताल पुर्‍याए ।टाउकामै गम्भीर चोट लागेकाले केहीबेरमा चिकित्सकले उनलाई मृत घोषण गरे । दिउँसो करिब साढे २ बजेतिर उनले प्राण त्यागे । योगेन्द्र राजनीतिशास्त्रका विद्यार्थी हुन् । उनी घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा राजनीति शास्त्रमा एमए गर्दै थिए ।

छोराको मास्टर्स डिग्री सकिन लागेकाले परिवारले उनीमाथि भरोसा राखेको थियो ।युवराजकी एक छोरी विवाह गरेर बनेपा बस्छिन् । कान्छो छोरा भने भर्खरै प्ल टु सकाएका थिए । जेठो छोरा योगेन्द्रको पनि एमए सकिन लागेकाले उनीबाट परिवारको आशा ठूलो थियो । बाबुको इच्छा छोरालाई निजामति कर्मचारी बनाउने थियो । उनी पनि लोकसेवा तयारी गर्दै थिए । यो सबै सपना अधुरै रह्यो,’ काका उपेन्द्र भन्छन् ।एभरेष्ट अस्पतालमा मृत भएका योगेन्द्रको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाको पाँचौँ दिनमा बल्ल परिवारले शव बुझेर सद्गद् गर्ने प्रक्रिया अघि बढाएको छ । बिहीबार शव बुझ्नका लागि आवश्यक कागजात बनाउन परिसर भद्रकाली गएर बनाइयो । हिजो कागजपत्र मिलाउँदै दिन गयो । अब आज पोष्टमार्टम गरेर शव बुझ्ने तयारी हुँदैछ,’ काका उपेन्द्रको गुनासो छ । शुक्रबार पोष्टमार्टम सकाएर गाउँमै लगेर योगेन्द्रको शव सद्गद् गर्ने तयारी उनको परिवारले गरेको छ । आफ्नो छोराले अनाहकमा ज्यान गुमाउनु परेको परिवारका सदस्यहरू बताउँछन् । जबकी गोली टाउकाको पछाडि लागेको भनिएको छ । पछाडि फर्केर अन्तै जान लागेका बेला टाउको ताकेर गोली हानेको देखियो, भन्दै परिवारका सदस्यहरू प्रश्न गर्छन् । खुट्टामा गोली लागेको भए पनि बाँच्ने छोरालाई टाउको ताकेर गोली हान्दा मृत्यु भएको परिवारको गुनासो छ । यो घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै योगेन्द्रले न्याय पाउने काका उपेन्द्रको भनाइ छ । ‘छानबिन गरेर हत्यारालाई कारबाही गर्नुपर्छ । विद्यार्थीलाई ताकेर टाउकामा गोली हान्न कसले आदेश दियो उनी प्रश्न गर्छन् । योगेन्द्रजस्तै जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर त्यस दिन १७ जनाको मृत्यु भएको थियो । काठमाडौंमा १७ र सुनसरीमा २ गरी १९ जना मारिएपछि भोलिपल्टको आन्दोलन झनै उग्र बन्यो । त्यसपछि तोडफोड आगजनीसम्म भयो । सो क्रममा ठूलो संख्यामा घाइते भए र मृत्यु हुनेको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिलेसम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३६ पुगेको छ । १ हजार ७७१ जना घाइते भएका थिए । तीमध्ये १ हजार ३७९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकीको भने उपचार जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर