भदौ २८ जनकपुरधाम । रास्वपा की नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अड्कलबाजी गरेका थिए । तर फेसबुक लाइभमा आएर सुमनाले आफूप्रति भ्रम छरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लाछैन । नले अगाडि भनेकी छन् कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु । युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘उहाँहरु युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं । कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले भनिन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं‘। अब नाम होइन काम गर्नुपर्छ । उनले युवा विद्रोहबाट भएको यो परिवर्तनलाई सफल बनाउन पछाडि बसेर सहयोग गर्ने बताएकी छन् । ‘हामीले हाम्रो यो परिवर्तन सक्सेसफुल बनाउनैपर्छ, सुमनाले भनेकी छन् ।
रास्वपा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




