रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन्

[sharethis-inline-buttons]

भदौ २८ जनकपुरधाम । जेनजीको आन्दोलन चर्किंदा मधेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् फेसबुकमा लेखेका थिए। कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनुहुन्नथ्यो । कोही भएको भए दिन्थेँ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख गरेका थिए । नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’ उनको फेसबुकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर