मेष : आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । घर जग्गाको कारोबारबाट घाटा लाग्ने तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । समाज सेवामा जनताको आलोचना हुनेछ । आज काल योग परेकाले सवारी साधन चलाउदा ख्याल गर्नुहोला ।
बृष : माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।
मिथुन : आज समय शुभ छ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ ।मनग्य आम्दानि गर्न सकिनेछ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । जोस जाँगर बढेर आउनेछ ।
कर्कट : आज पनि समय शुभ छ । भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । व्यवसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
सिंह : शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ ।
कन्या : मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ ।
तुला : आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । अाज नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ ।
वृश्चिक : समय मध्यम खालको छ । आश्वासन बाँढ्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।
धनु : आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपानको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।
मकर : समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाईनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । लाभ प्राप्त हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ : समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भने जस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ ।
मीन : शुभ छ । गन्तब्य पहिल्याउन सहज हुनेछ । आज काल योग परेकाले सकभर यात्रा नगर्नुहोला त्यसमा पनि उत्तर दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ ।भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।




