रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

यम पञ्चक आजदेखि सुरु,आज धनतेरसको दिन

[sharethis-inline-buttons]

कार्तिक १, जनकपुरधाम । आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। यस दिन देशभर धनतेरस पर्व मनाइन्छ । यो तिथिमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ। साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ । सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीहरु दीर्घायु र निरोगी हुन् भन्ने कामना गर्दै उनको पूजा गर्ने गरिएको हो। धार्मिक विश्वास अनुसार, यस दिन धातुका भाँडावर्तन वा सुनचाँदीका गरगहना किन्नेले लक्ष्मीको आशीर्वाद पाउँछन्।हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता, चिकित्सकहरूको संरक्षक, स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ । उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन्। धन्वन्तरीले देव असुर संग्रामका बेला भगवान विष्णुको अवतारका रूपमा प्रकट भई देवताहरूको उपचार गरेका थिए। त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ। महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर