धनुषा । विदेह नगरपालिकाले अस्थायी र सेवा करारमा कार्यरत कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को नीति–निर्देशन २०८२/०५/१५ अनुसार प्रदेश र स्थानीय तहमा अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको करार नवीकरण नगर्न निर्देशन दिएपछि नगरपालिकाले उक्त निर्णयलाई कार्यान्वयन गरेको हो ।
नगर प्रमुख प्रशासनिक अधिकृत मनोहर यादवद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकारको निर्णयअनुसार २०८२ असोज मसान्तपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको करार नवीकरण नगरिने भएकोले सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”
यससँगै अब नगरपालिकामा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीहरूको करार अवधि असोज मसान्तमा समाप्त हुनेछ । नगरपालिकाले सरकारी निर्देशन पालना गर्दै नयाँ करार नवीकरण प्रक्रिया रोकिएको जनाएको छ ।




