रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिंहदरबारको धुँवा ननिभ्दै, पुनः एकपटक नयाँ आन्दोलनको तयारी

[sharethis-inline-buttons]

कार्तिक ७, जनकपुरधाम। आन्दोलनमा नयाँ गठबन्धनको तयारी, जेन–जी, प्रसाई र राजावादी शक्तिको साझा सक्रियता। जेन–जी आन्दोलनका क्रममा देखिएको हिंसात्मक अस्थिरता र बल प्रयोगको घटनाले देशको राजनीतिक वायुमण्डल अझै शान्त भएको छैन। तर सिंहदरबारको धुँवा ननिभ्दै, पुनः एकपटक नयाँ आन्दोलनको तयारी सुरु भएको संकेत देखा परेको छ। यसपटक यो तयारीमा जेन–जी समूहका बाँकी अभियन्ता, व्यवसायी दुर्गा प्रसाई र राजावादी शक्तिहरूको साझा उपस्थितिको चर्चा सुरु भएको छ। स्रोतहरूका अनुसार केही सातादेखि विभिन्न सामाजिक सञ्जाल र बन्द बैठकमार्फत आन्दोलनको ‘दोस्रो चरण’ सञ्चालनबारे छलफल भइरहेका छन्। उक्त छलफलमा ‘राष्ट्र, धर्म र असली जनताको अधिकार’ जस्ता नारा अघि सारिने तयारी देखिएको छ। तिहार लगतै हुने आन्दोलनमा दर्गा प्रसाईँले नेतृत्व गर्ने तर सो आन्दोलनमा रास्वपा,राप्रपा र जेनजीका अर्का समुहरु सामेल हुने स्रोतको दाबी छ । बारम्बार पक्राउ पर्ने गरेका प्रसाईँले यसपटकको लडाईँ पश्चिमाहरुसँग भएको भन्दै अन्तिम लडाईँ हुने बताउदै हल्ला पिटिरहेका छन् । उनले विभिन्न मिडियामा समेत बुधबार तिहार र छठ पर्व लगत्तै ठूलो लडाई हुने ,यातायात, अवाहमार्ग ,सिमानाका सबै बन्द हुने भन्दै नेपालीहरुलाई नुन,तेल, दाल चामल र ग्याँसको जोहो गर्न आग्रह गरेकाले नागरिकहरुमा त्रास छाएको छ । अन्तरिम सरकारले भने सो विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन्।राजनीतिक विश्लेषकहरूको भनाइमा, यी समूहहरूका माग र एजेन्डा भिन्न भए पनि लक्ष्य भने एउटै देखिन्छ — सरकारविरुद्ध असन्तुष्टि मार्फत शक्ति प्रदर्शन। जेन–जी समूह, जसको मूल शक्ति युवाहरूमा आधारित थियो, अहिले संगठनात्मक रूपमा कमजोर देखिए पनि त्यसको भावनात्मक प्रभाव अझै बाँकी रहेको विशेषज्ञहरू बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर