रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहीदनगर नगरपालिकाको कडा चेतावनी — सार्वजनिक जग्गा अतिक्रमण तत्काल हटाउन निर्देशन

[sharethis-inline-buttons]

 

धनुषा ।
शहीदनगर नगरपालिकाले हाल सार्वजनिक सम्पत्तिहरूमा बढ्दै गएको अतिक्रमणबारे गम्भीर ध्यानाकर्षण गर्दै तत्काल हटाउन कडा निर्देशन दिएको छ । नगर क्षेत्रभित्रका बाटो, पोखरी, विद्यालय, मन्दिर, चौर, सामुदायिक भवन तथा सरकारी जग्गा नागरिकहरूले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको गुनासो निरन्तर आउने भएपछि यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख दिनेश प्रसाद यादवद्वारा जारी सूचनामा भनिएको छ । “सार्वजनिक सम्पत्तिमा कुनै पनि व्यक्तिले निजी स्वामित्व जमाउन सक्दैन । अतिक्रमण फिर्ता नगर्नेहरूमाथि कानूनी कारबाही अघि बढाइनेछ ।”

नगरपालिकाले सबै नागरिक, समाजसेवी, युवा तथा समुदायलाई सार्वजनिक सम्पत्ति संरक्षणमा सहयोग गर्न अनुरोध गरेको छ । साथै, ३० दिनभित्र अतिक्रमित जग्गा खाली गरी पुरानै अवस्थामा फिर्ता गर्न अपिल गरिएको छ ।

नगरपालिकाले चेतावनी दिएको छ कि तोकिएको समयसीमा भित्र जग्गा खाली नगर्ने व्यक्तिहरूमाथि प्रशासनिक र कानूनी कदम चालिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर