कार्तिक १३. जनकपुरधाम। हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ सर्दी खोला घर भएका २१ वर्षीय पासाङ भनिने सुरज राई छन् । जेनजी आन्दोलन हुँदा उनी प्रहरी वृत्त गौशालाको हिरासतमा थिए । लागुऔषध मुद्दाको कसुरमा उनी पक्राउ परेका थिए ।२४ भदौमा आन्दोलनको क्रममा हिरासतबाट निस्केका उनै राईले प्रहरी वृत्त गौशालामा आगजनी गरेका थिए । हिरासतबाट निस्केर आगजनी गरेको भिडियोमा देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनलाई पशुपति क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालामा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
							तपाईको प्रतिक्रिया
							
						
						
							
                

				
																			
																			
																			
																			
																			
																			
