रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

राजीनामाको हल्ला निराधार :मन्त्रीको प्रष्टिकरण

[sharethis-inline-buttons]

जनकपुरधाम । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफू पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारप्रति मन्त्रीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रीले राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, “जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।”

तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आफू आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर क्रियाशील रहेको मन्त्रीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर