मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दुई–तीन दिनदेखि बाक्लो हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो बढेको छ। केही दिनअघि सम्म पारिलो घाम लाग्दै आएको मधेश क्षेत्र अहिले बाक्लो कुहिरो र निरन्तर झर्ने सितका कारण कठोर चिसोको चपेटामा परेको छ।
विशेषगरी सिरहा जिल्लामा अत्यधिक चिसो, शीतलहर र चिसो हावाका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ। बढ्दो चिसोपनले दैनिक जीवनयापनमा असर पुर्याउनुका साथै गरिब, विपन्न तथा दलित समुदायका नागरिकहरू बढी प्रभावित भएका छन्।
यही अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री नन्दाबक्स गण, चोहर्वा ब्यारेक सिरहाले मानविय सेवाअन्तर्गत शीतलहरबाट प्रभावित स्थानीयहरूलाई राहतस्वरूप दाउरा वितरण गरेको छ। मिर्चैया क्षेत्रका विभिन्न चोक–चोकमा सेनाले दाउरा वितरण गर्दै चिसोबाट जोगिन सहयोग पुर्याएको छ।
स्थानीयवासीहरूले सेनाको यस मानवीय पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले कठ्याङ्ग्रिने जाडोमा ठूलो राहत पुगेको बताएका छन्।
मधेशमा चिसोको प्रकोप बढ्दै, नेपाली सेनाद्वारा दाउरा वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




