मकर संक्रान्तिमा सीताराम जाप अखण्ड तथा युवा खिचडी भण्डारा कार्यक्रम सम्पन्न भएको छ।
धनुषाधाम — मकर संक्रान्तिको पावन अवसरमा सीताराम नाम जाप अखण्ड घुन चट्टीबाबा आश्रम, धनुषाधामको आयोजनामा विगत वर्षझैँ यस वर्ष पनि युवा खिचडी भण्डारा–२०८२ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अगुवाइ महन्त धनेश्वर दासले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक अभियानी प्रमोद कुमार यादव रहनुभएको थियो।
कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई आश्रमको तर्फबाट राम नाम लेखिएको गम्छा ओढाएर सम्मान गरिएको थियो। सहभागीहरूमध्ये ओम सराफ ,रघुनाथ ठाकुर , सशस्त्र प्रहरी बल नेपाल धनुषाधाम प्रहरी निरीक्षक गणेश कुमार बोहरा ,सुमन यादव, तेज नारायण यादव, राम बलि मण्डल ,सुरेन्द्र साह,पत्रकार मुकेश कुमार ठाकुर , महेशकुमार यादव, पप्पु मुखिया, राजदेव यादव, ज्ञानु लाल यादव, नवर किशोर यादव, कमलु यादव, प्रभुनारायण साह, संजित कुमार यादव, बलराम यादव, इन्द्र कुमार शिव यादव , पुरुषोत्तम मण्डल, राम परीक्षण यादव ,इन्जिनियर गङ्गागा यादव ,रन्जित यादव ,इन्जिनियर दिपक शर्मा,र शालीग्राम यादव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
आश्रममा विगत बर्सौँदेखि चौबीसै घण्टा अखण्ड सीता–राम नाम धुन तथा कीर्तन सञ्चालन हुँदै आएको छ, जसले धार्मिक आस्था र आध्यात्मिक वातावरणलाई निरन्तर मजबुत बनाउँदै आएको छ।
आश्रमका संस्थापक श्री श्री १०८ श्री चट्टीबाबाले यस स्थललाई ठूलो धार्मिक तथा ऐतिहासिक पहिचान दिलाउन महत्वपूर्ण योगदान दिनुभएको थियो। उहाँकै पहलमा स्थापित उक्त आश्रमको ऐतिहासिक जगको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गर्नुभएको थियो। यो क्षेत्र ऐतिहासिक रूपमा तप्पो भूमिका रूपमा परिचित रहेको जनाइएको छ।
धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले प्रसाद ग्रहण गर्दै आपसी भाइचारा र सहकार्यको सन्देश दिएका छन्। आयोजक समितिका अनुसार यस्ता कार्यक्रमले समाजमा एकता, आस्था र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
मकर संक्रान्तिमा सीताराम जाप अखण्ड तथा युवा खिचडी भण्डारा कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




